काठमाडौं। आज सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज तोलामा ६ सय रुपैयाँ मूल्य बढेपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज तोलामा १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि ९५ रुपैयाँले बढेको छ। आज ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।