गुल्मी। गुल्मी अस्पताल तम्घासको निर्माण कार्य २० प्रतिशत पूरा भएको छ। निर्माण शुरु भएको साढे पाँच महिनामा २०.२ प्रतिशत काम सम्पन्न भएको हो।
भारतीय सरकारको पूर्ण अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ पाल्पामार्फत आयोजना कार्यान्वयन भइरहेको अस्पतालको सोमबार भारतीय प्राविधिक टोलीले अनुगमन गरेको छ।
भारतीय सरकारको आधिकारिक कन्सलटेन्ट अजयकुमार हजारीका, हिमान्सु शर्मा र घनश्याम मित्तलसहितको टोलीले आयोजनाको अनुगमन गरेको हो।
टोलीले कामको प्रगति र गुणस्तरको विषयमा प्रशंसा गरेको छ। अस्पताल निर्माण दुई वर्षमा सक्नेगरी स्वच्छन्द–बानियाँ जेभी मकवानपुर हेटौँडाले सम्झौता गरेको छ।
स्वच्छन्द–बानियाँ जेभीले २५ करोड ४१ लाख १४ हजार ९ सय ६४ रुपैयाँको लागतमा अस्पताल निर्माणको सम्झौता गरेको हो।