काठमाडौं। आज पनि सुनको मुल्य बढेको छ। गातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६५ हजार नौ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ। आज तोलामा दुई हजार एक सय रूपैयाँ कारोबार भईरहेको महासंघले जनाएको छ।