सुर्खेत। गुर्भाकोट नगरपालिका–१२ को मेहेलकुनामा भेरीगङ्गा नयाँ सहर कार्यालयको भवन निर्माण हुने भएको छ।
उक्त नयाँ भवनको नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरेका हुन्।
कार्यालयको भवन निर्माण शिलान्यास गर्दै उनले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न समेत निर्देशन दिएका छन्।
आरम्भ सुरज जेभी बर्दियाले १८ महिनाको समय भित्र निर्माण कार्य सम्पन्न गरि सक्ने गरी भवन निर्माणको जिम्मा पाएको छ।