काठमाडौं। पोखराको पहिलो अस्पतालको तस्विर हो यो। त्यतिबेला सैनिकहरुको बटालियन रहेको रानीपौवामा रहेको हुनुपर्छ । सबैभन्दा दायाँ रहेको घर रानीपौवा हुनुपर्छ । बि।सं २००० सालको आसपास पोखरामा हैजाको माहामारी हुदा उपचारको सिलसिलामा बडाहाकिम धन शम्सेर राणा ज्युको पहलमा पोखरा आइपुग्नु भो र सेनामा कम्पाउन्दर जागिरे भै हैजाको नियन्त्रण गर्ने शिलसिलामा फुलबारी स्थित नेपाली सेनाको ब्यारेक बाट एलोपेथिक उपचार गर्न सुरु भो ।साथै पोखरेली जनताहरुको स्वास्थ जाच गरि पोखरेली माझ डाक्टरको उपमाले परिचित हुनु भो ।पोखरामा पहिलो पोखरा मेडिकल हालको नामले औषधी पसलको सुरुवात गरि पोखरेलीहरुको रिदय मा बस्न सफल हुनु भो ।

बि.सं. २००६ सालको पौष तिरको कुरा त्यतिबेला औषधी बिभागमा डाइरेक्टर थिए मेजर जनरल सुरशम्शेर जङबहादुर राणा । यसै बेला अमेरिका स्थित सिकागो नेचुरल हिस्ट्री म्यूजियमूको तर्फबाट नेपालमा डा। कार्ल इ टेलर आइ पुगेका थिए । नौतनवा हुदै नेपाल पसेका उनि केही समय पाल्पाको साइनिङ हस्पिटलमा सेवा गरे । तीन महिनाको नेपाल बसाइमा उनले पाल्पा पछि रिडी हुदै बलेवा बागलुङ हुदै जोमसोम सम्म पुगे भने त्यसपछि पोखरा आइपुगेका थिए ।
पोखरामा आइपुग्दा उनले पोखरामा अस्पतालको रुपमा रहेको चित्रमा देखाइएको साधारण खरको घरमा एक कम्पाउण्डरले सेवा गरिरहेको भेटे । केवल दुइ महिनाको साधारण तालिम प्राप्त गरेका ब्यक्ती नै अस्पतालका प्रमुख थिए । पोखराको केही समय बसाइका आधारमा डा। कार्ल इ टेलरले मेडिकल सर्भे अफ दि कालिगण्डकी एण्ड पोखरा भ्याली भनेर लेख नै तैयार पारेका थिए।
करिव तीन महिनाको नेपाल बसाइमा डा। कार्ल इ टेलरले ८६६ बिरामीको उपचार गरेका थिए । उनि फर्किए पछि कान्छी डाक्टर तथा ठूली डाक्टरको समुहको पोखरा आगमन भयो र साइनिङ हस्पिटलको जन्म भयो । यस पछिको इतिहास भने कान्छी डाक्टर रुथ वाटसनू नामक कान्छी डाक्टरको जीवनीको पुस्तकमा लेखिएको छ ।
कार्ल इ टेलरको पोखरा बसाइमा खिचेका तस्विरहरु मेरो संग्रहमा छन् । युनिवर्सिटी ओफ वैक्सीन मिलवाउकीको अनुमतिमा ति तस्विरहरु प्राप्त भएका थिए। सुनिल उलकको फेसबुक पेजबाट