काठमाडौं। सुनको मूल्यमा आज पनि बढेको छ। दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मुल्य आज पनि बढेको हो।
आज तोलामा ८०० सय रुपैयाँ बढेको छ। छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी तोलामा २ हजार १३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।