धनगढी। धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेको छ।
सार्वजनिक जग्गामा पानीको प्राकृतिक बहाव कायम गर्ने, हरियाली विकास गर्दै सडक र फुटपाथ निर्माण गरिने भन्दै अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेको हो।
सूचना जारी गर्दै उपमहानगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना कात्तिक मसान्तभित्र हटाउन निर्देशन दिएको छ।
उक्त समय अवधि भित्र अतिक्रमण गरी बनाइएका संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत सूचनामा उल्लेख गरिएको छ।