काठमाडौं। निर्माणाधिन घरको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ। काठमाडौंको मीनभवनमा आज बिहान मजदुरको मृत्यु भएको हो।
काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित घरको चौथो तलामा निर्माणको काम गरिरहेका ४२ वर्षीय दिलबहादुर भुजेलको चिप्लिएर खस्दा उनि गम्भीर घाईते भएका थिए।
गम्भीर घाईते भएका उनलाई उपचार गर्न सिभिल अस्पताल पुर्याईएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।