फाइल फोटो
तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको छ। गाउँपालिकाले २ सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको हो।
तीन करोड २० लाख लागतमा उक्त चिस्यान केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको बताएको छ। चिस्यान केन्द्र बनेपछि किसानहरु निकै खुशी भएको गाउँपालिकाले जनाएको छ।