काठमाडौं। आज सुनको मुल्य स्थिर रहेको छ। निरन्तर उकालो लागेको सुनको मुल्य हिजो तोलामा सात सय रुपैयाँले घटेको थियो, भने आज स्थिर रहेको हो।
आज छापावाला सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ।