काठमाडौं। अछामको मंगलसेन नगरपालिकाले आरसीसी वडा कार्यलय भवन निर्माण गर्ने भएको छ। उक्त नगरपालिकाले वडा नं. ४ र ७ मा वडा कार्यलय भवन निर्माण गर्न लागेको हो।
वडा कार्यलय भवनको अभावमा त्यहाँका नागरीकहरुलाई सेवा प्रदान गर्न कठिन भइरहेको परिस्थितिलाई अन्त्य गर्ने उद्देश्यले भवन निर्माणको योजनालाई अघि सारिएको हो। सो भवन निर्माण भएपछि सेवा प्रदान गर्न सहज हुने नगरपालिकाले विश्वास राखेको छ।
वडा नं.४ मा ७ मा निर्माण हुने उक्त वडा कार्यलय भवनहरु साढे दुई करोड माथि लागतमा निर्माण गर्न लागिएको हो। भवन निर्माणको लागि नगरपालिकाले निश्चित समय तोकी ठेक्का आह्वान गरेको छ। वडा कार्यलय भवन निर्माण भएपछि त्यस क्षेत्रका बासीन्दाहरुले वडा कार्यलयबाट पाउनुपर्ने सेवा तथा सुविधाहरु सहजै उपभोग गर्न पाउने जनाइएको छ।