काठमाडौं। आज सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ।
निरन्तर उकालो लागेको सुनको मुल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।