काठमाडौं। मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारका लागि ७४ घरटहरा भत्काइने भएको छ। सडक विस्तारका क्रममा जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचनासहित ७४ घरटहरा भत्काइने भएको हो।
दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको छ। सडकविन्दुबाट १२.२५ मा नाला निर्माण हुने र बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ।
मुग्लिन पोखरा सडकको पूर्वी खण्ड मा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको आयोजनाले जनाएको छ।