काठमाडौं। प्रदेश सरकार अन्तर्गतको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले लमजुङ कृषि क्याम्पसको आवास भवन निर्माण गर्ने भएको छ।
आवास भवनको अभावमा सेवा सुविधा प्रदान गर्न कठिन भएको कारणले गर्दा सो भवन निर्माणको योजना अघि बढाइएको हो। आवश्यक सेवा सुविधासहित सो भवन निर्माण गरिने भएको छ। आवास भवन निर्माण गरी थप गुणस्तरीय सेवा प्रदान गर्ने क्याम्पसको लक्ष्य रहेको छ।
लमजुङ कृषि क्याम्पसको आवास भवन निर्माण गर्नको लागि सामाजिक विकास मन्त्रालयले ठेक्का आह्वान गरेको छ। तोकिएको समयमा दर्ता भएका निर्माण कम्पनीहरुमध्येबाट तोकिएको निश्चित मापदण्ड अनुरुप एक निर्माण कम्पनीको छनोट गरी भवन निर्माण कार्यलाई अगाडी बढाउने जनाइएको छ। सो भवन निर्माण भएपश्चात क्याम्पसले कृषि सम्बन्धि दिँदै आएको शिक्षा थप गुणस्तरीय हुने क्याम्पसको आशा रहेको छ।