काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबूखैरेनी क्याम्पसको भवन निर्माण भएको छ। भारत सरकारको करिब ३ करोड आर्थिक सहयोगमा आँबूखैरेनी क्याम्पसको भवन निर्माण भएको हो।
दुइ तले भवनको उद्घाटन समेत गरिएको छ। भवनको भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
क्याम्पस भवनका लागि आवश्यक फर्निचर खरिद गर्न समेत भारतीय दूतावासले थप २२ लाख सहयोग गरेको क्याम्पसले जनाएको छ।