काठमाडौं। आज सुनको मुल्यले नयाँ रेकर्ड कायम बनाएको छ। आज तोलामा २२ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम बनाएको हो।
आज तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो।
यसैगरी आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ। आज तोलामा २ हजार १ सय २० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ।