काठमाडौं। आज सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ। निरन्तर उकालो लागेको सुनको मुल्यले आज नयाँ रेकर्ड कायम गरेको हो।
आज तोलामा एक लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ। चाँदी आजका लागि रु दुई हजार ९० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ।