काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन अस्पताल अन्तिम चरणमा पुगेको छ। यहि कात्तिक महिनामा पूरा हुने गरि काम अघि बढाईएको हो।
कात्तिक मसान्तभित्र पूरा गरी सञ्चालनमा ल्याउने गरी अस्पतालको निर्माण कार्य भइरहेको पालिकाले जनाएको छ। २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नेगरी २०७८ जेठ २ गते ऋषि शक्ति–होम निर्माण जेभी कम्पनीसँग भवन निर्माणका लागि सम्झौता गरिएको थियो।
हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णय बमोजिम सात करोड ३४ लाख ५० हजारमा भवन निर्माणका लागि ठेक्कामा लगाइएको थियो।