पर्वत। पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित महाशिला क्षेत्रमा पर्यटकका लागि आश्रम भवन निर्माण गरिएको छ। प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिलाको दर्शन तथा अध्ययन, अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि भवन निर्माण गरिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तीन करोड २० लाख लागतमा २०७८ भदौदेखि भवन निर्माण थालिएको थियो। तीन तलाको पक्की भवनमा १७ वटा कोठा रहेको बताइएको छ।