काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज तोलामा २ हजार ८०० रुपैयाँले सुनको मुल्य घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।