काठमाडौं। वीरगन्जमा निर्माण सम्पन्न भएको विवाह भवनको उद्घाटन गरिएको छ। खानेपानी मन्त्री प्रदिप यादवले वीरगन्जमा मुस्लिम समुदायका लागि निर्माण भएको विवाह भवनको उद्घाटन गरेका हुन्।
भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले भवन निर्माणले सामाजिक संलग्नता र एकतालाई सुदृढ बनाउन थप सहयोग गर्ने बताए।
उनले यस भवनले मुस्लिम समुदायका सांस्कृतिक गतिविधिहरू प्रोत्साहन गर्दै उनीहरूको संस्कृति तथा परम्परा संरक्षण गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरपालिकाको विकास नीति सबै समुदाय र वर्गका लागि समान रूपमा लाभदायक हुने गरी भवन तयार पारिएको बताए।
खानेपानी मन्त्री यादवको संसदीय पूर्वाधार विकास कोष र वीरगन्ज महानगरपालिकाको संयुक्त लगानीमा भवन निर्माण गरिएको हो।