काठमाडौं। आज सुनको मूल्य बढेको छ । आज सुनको मुल्य तोलामा तीन सय रुपैयाँले बढेको हो।
प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।