चितवन। सौराहामा सभाहल निर्माण भएको छ। ४३ करोड ४० लाख लागतमा सभाहल निर्माण भएको हो।
उक्त सभाहलमा एक हजार क्षमताको ठूलो सभाहल र १५० क्षमताका तीन वटा हल रहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
सौराह पर्यटकीय नगरी भएको कारणले पनि यस क्षेत्रमा सभा सम्मेलन, भेला, गोष्ठी तथा विभिन्न कार्यक्रम भईरहेका हुन्छन्। त्यस्ता ठुला कार्यक्रमहरुलाई मध्यनजर गर्दै सभाहल निर्माण गरिएको बताइएको छ।
सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले उक्त सभाहल निर्माण गरेको हो। सभाहल रत्ननगर नगरपालिका–७ स्थित एक विघा १६ कठ्ठा जग्गामा निर्माण भएको नगरपालिकाले जनाएको छ।