चितवन। भरतपुर महानगरपालिकाले अतिक्रमित संरचना भत्काउन अभियान सुरु गरेपछि घरधनीले नै भत्काउन सुरु गरेका छन्। पुङ्गी खोला किनारमा रहेका अतिक्रमित संरचना भत्काउन सुरु गरेका हुन्।
गत असोज २ गते महानगरपालिकाले केही संरचनामा डोजर लगाएर भत्काएको थियो। तर अहिले पुङ्गी खोलाको बाइपास सडकदेखि लाइन्सचोकसम्म अतिक्रमण गरी बनाइएका संरचना घरधनीले आफैँले भत्काउन सुरु गरेको महानगरपालिकाले जनाएको छ।
पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रमका लागि अतिक्रमित संरचना भत्काउन सुरु गरिएको महानगरपालिकाले जनाएको छ।