काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको सुन आज भने २ हजार रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।