काठमाडौं। काभ्रेको शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा बहिरंग भवन निर्माण गरिने भएको छ। ५ करोड ५० लाख लागतमा भवन निर्माणका लागि शिलान्यास समेत गरिएको हो।
एक कार्यक्रमका बीच ललितपुर हरिसिद्धि निवासी ९१ वर्षीय ज्येष्ठ नागरिक तप्तराज वन्तले अस्पताल भवन निर्माणका लागि शिलान्यास गरेका हुन्।
उक्त भवन चार तलाको निर्माण गरिने बताइएको छ।