काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज तोलामा पाँच सय रुपैयाँले घटेको हो।
आज सुन तोलामा १ लाख ६६ हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।