ललितपुर। अनाधिकृत रुपमा बनाइएको सहकारी विकास बोर्ड भवनकोप र्खाल भत्काईएको छ। ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनको पदर्खाल भत्काईएको हो।
सर्वोच्च अदालतले समेत भत्काउने आदेश दिएपछि ललितपुर महानगरपालिकाले आइतबार बिहान डोजर लगाएर सो भवनको सडकतिरको पर्खाल भत्काएको महानगरपालिकाले जनाएको छ।
उक्त स्थानका स्थानीयले समेत भवनको पर्खाल भत्काउनमा सहयोग गरेको महानगरपालिकाले जनाएको छ। आफ्नो घर तिर जाने बोटो समेत मिचेको थियो अब भत्काएसी सहज भएको उनिहरुको भनाई छ।