काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज छापावाला सुनको मुल्य तोलामा एक हजार रुपैयाँले घटेको हो।
आज सुन तोलामा एक लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ। आज चाँदी तोलामा रु एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भईरहको महासङ्घले जनाएको छ।