काठमाडौं। विशालनगरमा आयोजना निर्देशनालयको भवन निर्माण हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग परियोजना निर्देशनालयले सो भवन निर्माण गर्न लागेको हो।
सो भवन निर्माणको लागि छनोट भएको निर्माण कम्पनी एम/एस बिकोइ बिल्डर्स प्रा.लिले २८ करोड ५१ लाख भन्दा बढी लागतमा ठेक्का कबोल गरेको छ। सो भवन निर्माण अहिले ठेक्का सम्झौताको चरणमा रहेको छ। ठेक्का सम्झौता भएलगत्तै निर्माणको काम अगाडी बढाउने निर्माण कम्पनीको योजना रहेको छ। निर्देशनालय भवनको अभावमा विभिन्न परियोजनाको काम गर्न कठिन हुँदै आएकाले भवन निर्माणको योजनालाई अघि बढाइएको हो। सो भवन निर्माण भएपछि परियोजनाको काम गर्न सहज हुने सडक विभागको विश्वास रहेको छ।