काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिका—३ मुर्किवेसीस्थित कुशेश्वरी प्राविको भवन पुनर्निर्माण गर्न सुरु गरिएको छ। गत असोज ११ र १२ गतेको बाढीले ध्वस्त बनाएको विद्यालयको भवन पुनर्निर्माण गर्न थालिएको हो।
भवन निर्माणका लागि गत बुधबार गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष न्यौपाने, दातृ निकाय ब्याक टु लाइफ ई.भी. जर्मनीका डाइरेक्टर डिकेन्द्र ढकाल, कन्ट्री डाइरेक्टर अच्युत पौडेलले संयुक्त रूपमा शिलान्यास समेत गरेका छन्।
दातृ निकाय ब्याक टु लाइफ ई।भी। जर्मनीको सहयोगमा विद्यालयको पूरै संरचनाको पुनर्निर्माण ६ महिनामा सक्ने गरी सुरु गरिएको छ।
विद्यालय भवन निर्माणको जिम्मा पिनाकल महारुद्र जे.भी शंखमूल काठमाडौंले पाएको छ ।