काठमाडौं। आईएमई लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।
आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि यही मंसिर २४ गते वार्षिक साधारण सभा बोलाउने कम्पनीले जनाएको छ।
वार्षिक साधारण सभा काठमाडौंको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ।