काठमाडौं। ललितपुर जिल्लाको गोदावरी नगरपालिका–२ विशङ्खुनारायणमा प्रशासनिक भवन निर्माण गरिने भएको छ। विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिने भएको हो।
उक्त निर्माण गरिने भवनको जिल्ला समन्वय समिति का प्रमुख ऋषिदेव फुयाँलले सिलान्यास गरेका छन्। उक्त सुविधासम्पन्न भवन निर्माणका लागि समन्वय समिति ललितपुरको ७५ लाख र गोदावरी नगरपालिकाको ५० लाखसहित हाल एक करोड २५ लाख रुपैयाँ विनियोजन भएको समितिले जनाएको छ।
निर्धारीत समयमानै भवन निर्माण सम्पन्न गरेर सेवा सुरु गरिने बताइएको छ।