काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मुल्य तोलामा ११ सयले बढेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएकोछ।