फाइल फोटो
काठमाडौं। भद्रपुर नगरपालिका–५ स्थित घरविहिन श्रमिक मेहरा दायिरालाई नेपाल तरुण दल भद्रपुरले घर बनाइदिएको छ। ५ लाख लागतमा दायिरालाई तरुण दल भद्रपुरले घर बनाईदिएको हो।
उक्त घर दुई कोठे रहेको तरुण दल भद्रपुरले जनाएको छ। एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दायीरालाई घर हस्तान्तरण गरेका हुन्।
आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दायिरा घरविहिन भएका थिए। अहिले तरुण दल भद्रपुरले नयाँ घर निर्माण गरिदिएपछि निकै खुशी भएको उनले बताए।