फाइल फोटो
बुटवल। सिद्धार्थ केबलकार लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनीले आईपीओ र हकप्रद शेयर निस्कासनको लागि साधारणसभा बोलाएको हो।
कम्पनीले यही मंसिर १४ गते विशेष साधारणसभा बोलाएको छ। उक्त केबलकाले बुटवल उपमहानगरपालिका–१ बाट पाल्पाको तिनाउँ गाउँपालिकाको नुवाकोटलाई जोड्छ। निर्माणकै क्रममा रहेको उक्त केबलकार गएको दसैंबाट अनौपचारिक सञ्चालन गरिएको छ ।