काठमाडौं। सुनसरीको बराहक्षेत्रमा निर्माण गरिएको प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। बुधबार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्रकुवेर खापुङले भवनको उद्घाटन गरेका हुन्।
बराहक्षेत्र नगरपालिका–१ मा तीन करोड २१ लाख ६९ हजार लागतमा निर्माण गरिएको सुविधासम्पन्न भवन अढाई तलाको छ।
बराहक्षेत्रमा भारतबाट समेत उल्लेख्य मात्रामा दर्शनार्थी आउने र जमघट बढी हुने भएकाले सुरक्षा ब्यवस्था चुस्त दुरुस्त बनाउनका साथै सेवा प्रवाहमा सहजता ल्याउन सुविधासम्पन्न भवन निर्माण गरिएको बताइएको छ।