फाइल फोटो
गोरखा। जिल्लाको धार्चे गाउँपालिकामा अस्पताल भवन निर्माण सम्पन्न भएको छ। धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको हो।
उक्त निर्माण सम्पन्न भएको अस्पताल पाँच शय्याको रहेको गाउँपालिकाले जनाएको छ।
दुई करोड २८ लाख लागतमा निर्माण सम्पन्न भएको अस्पताल भवनका लागि गाउँपालिकाले ४० प्रतिशत र स्विटरल्याण्डकोे अर्थ सी एयरले ६० प्रतिशत लगानी गरेको गाउँपालिकाले बताएको छ।
उक्त पाँच शय्याको नयाँ अस्पताल भवन निर्माण भएपछि स्थानीय निकै खुशी भएका छन्। अब सहजै नजिकबाट आफूहरुले स्वास्थ्य सेवा लिन पाउँने हुदाँ उत्साहित भएको उनिहरुले बताए।