काठमाडौं। सुनसरीको बराहक्षेत्रमा प्रहरी चौकी भवन निर्माण गरिएको छ। बराहक्षेत्र नगरपालिका–१ मा उक्त पक्की भवन निर्माण गरिको हो।
निर्माण गरिएको प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक चन्द्रकुवेर खापुङले भवनको उद्घाटन गरेका हुन्।
उक्त प्रहरी चौकी भवन तीन करोड २१ लाख ६९ हजार लागतमा निर्माण गरिएको नगरपालिकाले जनाएको छ। अढाई तला रहेको भवन सुविधासम्पन्न भएको बताईएको छ।