जुम्ला। कालिकोटमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ। लामो समयपछि अस्पतालले नयाँ पक्की भवन पाएको हो।
वर्षौंदेखि टहराबाट सेवा दिदैँ आएको अस्पतालले सुविधासम्पन्न अस्पताल भवन पाउँदा सेवा दिन निकै उल्साहित भएको अस्पताल परिवारले जनाएको छ।
वषौँपछि निर्माण भएको अस्पताल भवन ३६ करोड लागतमा निर्माण सम्पन्न भएको बताईएको छ। उक्त अस्पताल भवनको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका हुन्।
५० शैय्या रहेको अस्पताल भवन सुविधा सम्पन्न बनेको बताइएको छ। अस्पताल भवन निर्माण भएपछि स्थानीय निकै खशी भएका छन्। अब सहज रुपमा सेवा उपलब्ध गर्न पाउँने विश्वास गरिएको उनिहरुले बताए।
स्थापना कालदेखि नै टिनको टहरामा सेवा प्रवाह गरिरहेको अस्पतालमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकै लगानीमा नयाँ भवन निर्माण भएको हो।
टिनको साँघुरो टहराबाट सेवा प्रवाह गर्दा निकै समस्या झेल्दै आएको अस्पताल परिवारले जनाएको छ। अब नयाँ भवनबाट गुणस्तरीय सेवा प्रवाह गर्ने अस्पतालले जनाएको छ।