काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मुल्य घटेको छ। आज सुनको मुल्य तोलामा २६ सयले घटेको हो।
आज छापावाल सुन तोलामा १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो।
यसैगरी आज चाँदीको मुल्य १८ सय २० मा कारोबार भइरहेको छ।