भक्तपुर। नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न भवन निर्माण गरिने भएको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालको सुविधासम्पन्न नयाँ भवन निर्माण गरिने भएको हो।
उक्त नयाँ भवन निर्माणका लागि सोमबार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका छन्।
दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवन सुविधा सम्पन्न निर्माण गरिने अस्पतालले बताएको छ।
अस्पतालको नयाँ सुविधा सम्पन्न भवन निर्माण भएपछि सहज रुपमा जनतालाई सेवा दिने उद्धेश्य रहेको अस्पताल परिवारले जनाएको छ।