काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्माणाधीन नारायण गोपाल संगीत कोषको भवनको अनुगमन गरेकी छन्। महानगरले निर्माण गरिरहेको भवनको उपमेयर डंगोलले अनुगमन गरेकी हुन्।
अनुगमनको क्रममा भवनमा लिफ्ट जडान नहुने भन्ने जानकारी पाएपछि उपप्रमुख डंगोलले भवन सबैको पहुँचयोग्य हुनुपर्ने भन्दै लिफ्ट जडान गर्न निर्देशन दिइन्।
अनुगमन समितिकी संयोजक समेत रहेकी डंगोलले भवनको भित्री संरचना लैंगिकमैत्री बनाउन समेत निर्देशन दिएकी छन्।
२ करोड ८ लाख रुपैयाँ लागतमा भवन निर्माणका लागि ७ चैत २०८० मा कार्यादेश दिइएको थियो । भवन निर्माण कार्य आउँदो माघ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्छ ।