काठमाडौं। पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता बढाइएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले पश्चिम सेतीको क्षमता ७५० मेगावाटबाट बढाएर ८०० मेगावाट पुर्याएको हो।
आयोजनाको ठेक्का पाएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले क्षमता बढाउन र सर्वेक्षण अनुमतिपत्रको म्याद थप्न लगानी बोर्डलाई भनेपछि क्षमता विस्तारसँगै सर्वेक्षण अनुमतिपत्रको अवधि समेत एक वर्ष थपिएको छ।
परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन निर्माण, वित्तीय स्रोतको उपलब्धतालगायत विषयमा डीपीआरले मार्गदर्शन गर्नेछ । डीपीआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा परियोजना विकास सम्झौता (पीडीए) हुने बताइएको छ ।