काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मुल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।