काठमाडौं। सिन्धुपाल्चोकको ठोकरपामा सामुदायिक वन अध्ययन केन्द्रको स्टाफ क्वार्टर २ निर्माण हुने भएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भु–संरक्षण विभागले सामुदायिक वन अध्ययन केन्द्रको स्टाफ क्वार्टर २ निर्माण गर्न लागेको हो।
सो क्षेत्रको सामुदायिक वन अध्ययन केन्द्रमा कार्यरत कर्मचारीको लागि थप सुविधा सहितको क्वाटर निर्माण गर्न लागिएको हो। उक्त क्वाटर निर्माणको लागि वन मन्त्रालयबाट चालु आर्थिक वर्षमा करिब १२ करोड ६३ लाख बजेट विनियोजन भएको थियो। सामुदायिक वनको संरक्षणलाई ध्यानमा राखी सो क्वाटर निर्माण गर्न लागिएको हो।
वन मन्त्रालयले क्वाटर निर्माणको लागि ठेक्का आह्वान पनि गरिसकेको छ। उक्त भवन निर्माण भएपछि उपभोक्तालाई सेवा तथा सुविधा प्रदान गर्न सहज हुने भएको छ। यस कार्यले सामुदायिक वन क्षेत्रको संरक्षणमा पनि टेवा पुग्ने देखिएको छ।