काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य घटेको छ। आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।