सुर्खेत। जिल्लाको भेरीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ। उक्त नगरपालिकाको प्रशासनिक भवन तोकिएको समय अगावै निर्माण सम्पन्न भएको हो।
इन्द्रधनु अछाम निर्माण सेवा कम्पनीले दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने जिम्मा पाएको भएतापनि तोकिएको समय भन्दा पाँच महिना अगाडीनै भवन निर्माण सम्पन्न गरेको नगरपालिकाले जनाएको छ।
उक्त भवनको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले उद्घाटन गरेका छन्। ६ करोड ५२ लाख ८५ हजार लागतमा भवन निर्माण सम्पन्न भएको नगरपालिकाले बताएको छ।
तीन तलाको भवनमा २६ वटा कोठा रहेका छन्। नयाँ सुविधा सम्पन्न भवन निर्माण भएपछि अव सेवा प्रवाह गर्न सहज हुने नगरपालिकाले जनाएको छ।