काठमाण्डौं। आज सुनको मुल्य घटेको छ। आज सुनको मुल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो।
आज छापावाला सुन तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।