महोत्तरी। जिल्लाको भंगहा नगरपालिकाको भवन निर्माणका लागि नगरप्रमुख संजिव शाहले जग्गा दान गरेका छन्। नगरप्रमुख साहले नगरपालिकाको नाममा १० कठ्ठा १९ धुर जग्गा दान गरेका हुन्।
नगरपालिकाको आफ्नै भवन नहुँदा केही महिनादेखि प्रमुख साहकै घरबाट नगरपालिका कार्यालयको काम सञ्चालन भइरहेको छ। साहले भवन निर्माण नभएसम्म निशुल्क रुपमा आफ्नै घरमा कार्यालय सञ्चालन गर्ने समेत बताएका छन्।
आमा फूलीदेवीको नाममा रहेको उक्त जग्गा आमा बुवाको नाम भवनको शिलापत्रमा उल्लेख गर्नुपर्ने शर्तमा साहले दान गरेका हुन्।